स्याङ्जामा गुरुङको अग्रता कायमै

स्याङ्जा | मंसिर १६, २०७९

स्याङ्जामा गुरुङको अग्रता कायमै

स्याङ्जाः   स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् । गुरुङले नेकपा नेकपा (एमाले) का उम्मेदवार पद्मा कुमारी अर्याललाई दुई हजार ४१८ मतले पछि पारेका हुन्। 

 

काँग्रेसका गुरुङले ११ हजार ९२०  मत पाएका छन् भने एमालेकी अर्यालले  नौ हजार ५०२  मत प्राप्त गरकी छिन् । स्याङ्जा २ को (क) अन्तर्गत गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७,८र ९ वालिङको १,२,५,६,७,८,९,१०,११,१२ र१३ नम्बर वडाको मत गणना भइसकेको छ । अव वडा नं १४ मात्र बाँकी रहेको छ । 

 

यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच हजार १९२ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभा तर्फ अहिले सम्म २८ हजार ५६० मत गणना भएको मा एक हजार ८५ मत बदर भएको छ । 

 

स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१  मत खसेको थियो । यसैबिच प्रदेश सभा (क) मा काँग्रेसका भोजराज अर्याल दुई हजार ६५२ मतान्तरले अग्रता लिएका छन् । 

 

भोजराज अर्याल १३ हजार ८४७ मत ल्याउँदा  एमालेका मोहन रेग्मीले ११ हजार १९५ मत प्राप्त गरेका छन् । सो प्रदेशमा अव वडा नं. १४ को दुई हजार ८३८ मत मात्र गणना बाँकी रहेको छ । 

पोखरा:  अमरसिंहचौरमा आज (मंगलबार)देखि युनाईटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ ।   विभिन्न समुदायका बाजागाजा, झाँकी र र्यालीसहित अमरसिंहचौरमा आगामी माघ ११ ...

थप पढ्नुहोस्

मुस्ताङ: मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट दुई करोड २४ लाख ५९ हजार ३२० रुपियाँ बराबरको इलेक्ट्रिक चुरोटसहित एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोक जिल्ला, सु...

थप पढ्नुहोस्

काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको  हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार एक तोला स...

थप पढ्नुहोस्